२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज गरिने

१४ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको चालमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

उहाँलाई विहिवार राति नै अस्पताल भर्ना गरिएको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीकी निजी चिकित्सक निजी चिकित्सक प्राडा दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि उहालाई राति नै अस्पताल लगिएको थियो ।

हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उहाँको स्वास्थ्य अवस्था सामान्य छ । ‘उहाँको स्वास्थ्य अहिले ठीक छ । राति हार्ट रेट बढेको देखेर हामीले अस्पताल ल्याएका थियौं । उहाँको यो पुरानै समस्या हो । कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो’, उहाँले भन्नुभयो, आजै उहाँलाई डिस्चार्ज गर्छाैं ।’

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँ प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज हुनु भएको थियो ।

प्रकाशित मिति : March 27, 2020 at 11:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/