११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

तनहुँमा लकडाउनकाे उल्लङ्घन गर्ने ८० सवारी नियन्त्रण

१२ चैत, दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ ।


कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । लकडाउनको पहिलो दिन हिजो ७० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।अधिकारीले भन्नुभयो, “जबर्जस्ती सवारी साधन चलाउनेलाई कडा कारवाही गर्छौ ।” अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 25, 2020 at 12:19 pm