११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

इन्जिनियर मंगलालको घोषणाः दैनिक ज्यालादारी गर्ने ५० परिवारलाई ६/६ हजार रूपैयाँ दिन्छु

१२ चैत, काठमाडाैँ । एक इन्जिनियर दम्पतिले कोरोना भाइरस (कोभिड-१९) का कारण देशमा लकडाउन भएकाले दैनिक ज्यालादारी गरेर बाँचिरहेका ५० परिवारका लागि केही अार्थिक सहयोग गर्ने घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत वुद्धनगर बस्ने इन्जिनियर दम्पत्ति मंगलाल श्रेष्ठ र रुक्मिणी श्रेष्ठले ५० परिवारका लागि ६/६ हजार रूपैयाँका दरले आर्थिक सहयोग गर्ने बताएका हुन ।

उनले फेसबुकमा यस्तो लेखेका छन

नेपाल सरकारको अति नै सुज्बुजपूर्ण निर्णयको मुक्त कण्ठले प्रसंसा गर्दै कतिपय दाजुभाई तथा दिदि बहिनीहरु लाई बिहान बेलुकाको छाक टार्न नसकी भोकै परेको भनि निरन्तर मलाई फोन आइरहेको छ येसैले यो समयमा सरकारले उचित राहतको लागि अनुरोध गर्दछु येदि प्रक्रियागत कारणले कठिन पर्छ भने सानु सहयोगको लागि मलाई बाताबरण मिलाई दिन अनुरोध गर्दछु /जिल्ला प्रसासन कार्यालय काठमाडौँ को फोन 01-4262448, 4262478, 4265908 मा फोन सम्पर्क बिहान देखि हुनसकेको छैन, साथै मेल:daokathmandu@,moha.gov.np [email protected] मार्फत पनि पास को लागि पत्राचार गरिएको छ, छिटै जानकारी पाउने आशामा छु |

प्रकाशित मिति : March 25, 2020 at 9:15 am