१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा एनसेलको १० करोड

१२ चैत, काठमाडाैँ । एनसेल प्राइभेट लिमिटेडले सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा  १० करोड रुपैयाँ सहयोग गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन ।

चेक बुझ्दै सचिव बिडारीले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै सङ्क्रमित बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : March 25, 2020 at 8:47 am