भरतपुरमा मृत्यु भएका युवा मिर्गाैलाका बिरामी हुन, कोरोनाका कारण मृत्यु भएको हैनः अस्पताल
११ चैत, काठमाडाैँ । मंगलबार भरतपुरस्थित कोरोना विषेश अस्पतालमा मृत्यु भएका युवा मिर्गाैलाको बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएका वीरगञ्जका ३० वर्षीय युवाको कोरोनाकै कारण मृत्यु नभएको जनाएको छ । उनी एक वर्षदेखि मिर्गाैलाको बिरामी थिए ।

अस्पतालका प्रमुख डा भोजराज अधिकारीले ती युवाको कोरोना जाँचका लागि नमुन संकलन गरेर केन्द्रीय प्रयोगशालामा पठाइएको तर रिपोर्ट नअाएका कारण उनको कोरोनाका कारण मृत्यु भएको भन्न नमिल्ने बताए ।चितवन मेडिकल कलेजबाट ती युवालाइ केही दिनअघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
घटना बिबरण
मृत्यु भएका युवा मिर्गौलाका बिरामी
एक वर्षदेखि चितवन मेडिकल कलेजमा फलोअपमा थिए
यसपटक ज्वरो र खोकी पनि देखिएपछि मेडिकल कलेजले
भरतपुर अस्पतालमा रिफर गरिएको
एक दिन भरतपुर अस्पतालको जनरल वार्डमा राखिएको थियो
सोमबार बेलुका कोराना अस्थायी अस्पतालमा भर्ना
कोरोना जाँचका लागि मंगलबार नै नमुना संकलन
मंगलबार बिहान मृत्यु
मृत्युपछि बिरामीलाइ सोही ठाउँमा राखिएको
उनको आफन्तहरू माथि निगरानी
प्रकाशित मिति : March 24, 2020 at 12:48 pm










