११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कोभिड-१९ः गैँडाकोटका मेयर छत्रराज पाैडेलले आफूले प्रयोग गर्दै आएको गाडी प्रहरीलाई दिए

११ चैत, चितवन । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पाैडेलले आफुले प्रयोग गर्दै आएको गाडी प्रहरीको जिम्म लगाएका छन । कोभिड-१९ को उच्च सतर्कताका निम्ति सरकारले लकडाउन गरेर जनतालाइ घरबाहिर ननिस्कन अनुरोध गरेको परिप्रेक्ष्यमा प्रहरीलाइ काम गर्न सहज होस भनेर गाडी जिम्म लगाएको मेयर पाैडेलले बताएका छन ।

मेयर पाैडेलले उक्त गाडी अनुगमन र नियमनका लागी प्रहरीलाई सहयोगी बन्ने अपेक्षा समेत गरेका छन । उनले बा २ झ ३४०४ नम्बरको स्कोरपियो गाडी प्रहरीको काममा प्रयोग हुने गरी केही दिनका लागि दिएका हुन ।

प्रकाशित मिति : March 24, 2020 at 9:05 am