११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

भारतबाट नेपाल प्रवेश गर्न लागेका पाँच सयबढीले निषेधाज्ञा तोड्न खोजेपछि झडप (फोटोफिचर)

११ चैत, कैलाली । कोभिड-१९ को रोकथामका लागि कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको भए पनि सीमा नाकामा भारतबाट फर्किरहेका व्यक्तिहरूले तनाव सिर्जना गरेका छन । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक विज्ञप्ती जारी गर्दै सोमबार दिउँसो २ बजेदेखि लागू हुने गरी कैलालीमा निषेधाज्ञा जारी गरेका थिए ।

साँझ सरकारले देशैभर लकडाउन गर्ने निर्णय गरेको थियो । तर भारतीय सीमा नाका गाैरीफण्टामा पाँचसय भन्दा बढीको संख्यामा रहेका मानिसहरूले प्रहरीलाइ धकेल्न थालेपछि मंगलबार बिहान झडपको स्थिति बनेको हो । प्रहरीमाथि बलजफती गरेपछि लाठी प्रहार भएको छ र अहिले केही मान्छे तितरबितर भएका छन । जनस्तरबाट नाका सील गर्न माग भएबमोजिम मन्त्रिपिरिषद् बैठकले नेपाल र भारतको नाका एक साताका लागि सिल गर्ने निर्णय गरेको थियो । तस्बीरहरूः रेडियो डेलिमेलको फेसबुक लाइभबाट स्क्रिन सर्ट

प्रकाशित मिति : March 24, 2020 at 8:38 am