११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

यूएईमा कोरोनाको संक्रमण देखिएका दुई नेपालीको सफल उपचार, निको भएर निवास फर्किए

११ चैत, काठमाडाैँ । यूएईमा कोरोना (कोभिड–१९)को संक्रमण देखिएका दुई नेपालीको उपचार सफलभएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट संक्रमित दुई जना नेपाली नागरिक निको भएको जनाएको छ । आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार पत्रकार सम्मेलनमा गरी दुई जना नेपाली नागरिकसहित ३ जना व्यक्तिको उपचार सफल भएको र पूर्ण रूपमा निको भएको जानकारी दिएकी छिन । निको हुने अर्को एक जना भने इरानी नागरिक रहेकी छिन । उपचारबाट स्वास्थ्यलाभ गरेका तीनै जना निवास फर्किएका छन ।

योसहित यूएईमा कोभिड–१९ को संक्रमण भएका १९८ जना मध्ये ४१ जनाले पूर्ण स्वास्थ्यलाभ गरेका छन् । डा फरिदाले सरकारले कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सेल्फ आइसोलेसन, सामाजिक दूरी कायम राख्ने र अत्यावश्यक बाहेक बाहिर निस्कन नदिनेजस्ता कडा कदम चालेको पनि बताइन्।

प्रकाशित मिति : March 24, 2020 at 8:04 am