चीनले नेपाललाई फेरि भन्यो ‘तपाईंहरु कहिल्यै एक्लो पर्नु हुने छैन, हामी साथमा छौँ’
१० चैत, काठमाडाैँ । कोभिड-१९ को संक्रमणले नेपाललाई समस्यामा पार्न लागेको जस्तो देखेपछि उत्तरी छिमेकी मुलुक चीनले सहयोग गर्न तप्तर रहेको दोहोर्याएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको उल्लेख गरेकी छिन ।
सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै राजदूत होउ यान्कीले भनेकी छिन ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं’, उनले भनेकी छन्, ‘हामी नेपालका साथीहरुलाई सहयोग पुर्याउन तत्पर छौं।

चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं।’ उनले कोरोना भाइरससँग जुधिरहेको नेपालले एक्लो महसुस गर्नु नपर्ने पनि बताएकी छन्। ‘तपाईंहरु कहिल्यै एक्लो पर्नु हुने छैन, हामी साथमा छौं’, उनले भनेकी छन् । कोरोना भाइरसविरुद्ध लड्न नेपालले चीनबाट १९ थरी भन्दा धेरै स्वास्थ्य सामाग्री ल्याउने तयारी गरेको छ।
We are praying for Nepal and trying our best to coordinate some medical materials to help our Nepali friends. You will never be alone!????
हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ ! pic.twitter.com/cKwTVNBgrt— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 23, 2020
प्रकाशित मिति : March 23, 2020 at 10:02 pm









