सांसद बस्नेतले एक महिनाको तलब कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने
१० चैत, भक्तपुर । सांसद महेश बस्नेतले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गर्नुभएको छ । सांसद बस्नेतले आफ्नो सांसदबापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा आज गर्नुभएको हो ।

उहाँले सरकारको निर्देशनलाई अवज्ञा नगरी, आतङ्कित नभई सेल्फ क्वारेन्टाइनमा बस्न सबैलाई आग्रहसमेत गर्नुभयो । सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको बताउँदै उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित हुने नभई सावधानी अपनाउन आम नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति : March 23, 2020 at 4:49 pm









