११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

अर्घाखाँची आज राति १२ बजेदेखि ‘लकडाउन’ हुने

१० चैत, अर्घाखाँची । अर्घाखाँची जिल्ला सोमबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि लकडाउन हुने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै  जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो ।

अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकल राति १२ बजेपछि बन्द हुने छन् । मालबाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परिक्षण हुने भएको छ ।

औषधि पसल र पेट्रोल पम्प भने २४ सै घण्टा खुला रहने छन् । खाद्यान्न, ग्यास, तेल र फलफुल पसल प्रत्येक दिन बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहने छन् । दूध डेरी र तरकारी पसल बिहान ६ बजेदेखि ९ बजे र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुला हुने भएका छन् ।

प्रकाशित मिति : March 23, 2020 at 3:08 pm