११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

भारतमा रहेका नेपालीलाई बसोबास भएकै ठाउँमा सुरक्षित बस्न दूतावासको आग्रह

१० चैत, काठमाडौँ । भारतस्थित नेपाल राजदूतावासले भातरमा रहेका नेपालीहरुलाई नियमित बसोबास भएकै स्थानमा सुरक्षित बस्न अपिल गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि नेपाल–भारत सीमानाकामा मानिसको आवत जावत बन्द गरेकोले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

भारतका विभिन्न राज्यहरुले कोरोना संक्रमण फैलिन नदिनका लागि लकडाउन गरिसकेकोले उक्त निर्देशनको सम्मान तथा पूर्णरुपमा पालन गर्दै आफू तथा आफ्नो परिवार भारतमै सुरक्षित भइबस्न दूतावासले आग्रह गरेको हो ।

प्रकाशित मिति : March 23, 2020 at 1:14 pm