११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

आज दिउँसाे २ बजेदेखि कैलालीमा अनिश्चिकालीन कर्फ्यू

१० चैत, धनगढी । कैलाली जील्ला प्रशासनले जिल्लाभर अनिश्चित कालका लागि कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक विज्ञप्ती जारी गर्दै सोमबार दिउँसो २ बजेदेखि लागू हुने गरी कैलालीमा निषेधाज्ञा जारी गरिएको घोषणा गरेका हुन् ।


प्रमुख जिल्ला अधिकारी बोहोरोद्वारा हस्ताक्षरित विज्ञप्तीमा राजपत्रमा तोकिएका अत्यावश्यक सेवासँग सम्बन्धित बाहेक अन्य गतिविधि नगर्न पनि उल्लेख छ । भारतसँग जोडिएको प्रमुख २ नाकाहरु गड्डाचौकी र गौरीफन्टाबाट स्वदेश फर्किने नेपालीको भीडका कारण सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम रहेको भन्दै सामाजिक अभियान्ताहरुले पुरै प्रदेश नै ‘लकडाउन’ गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : March 23, 2020 at 1:59 pm