फ्रान्सबाट फर्किएकी १९ वर्षिया नेपाली विद्यार्थीमा काेराेना भेट्टियाे
१० चैत, काठमाडौँ । चैत ४ गते फ्रान्सबाट फर्किएका एक जना नेपाली १९ बर्षिया बिद्यार्थीमा काेराेना भाइरसकाे संक्रमण पाइएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै फ्रान्सनबाट फर्किएका एक जनामा काेराेना पाेजिटभ भएकाे जानकारी दिएकाे हाे ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले टेकुकाे केन्द्रीय प्रयाेगशालाकाे परीक्षणमा नै यस्ताे पाइएकाे जानकारी दिनुभयाे । ती युवाकाे आइसाेलेसनमा राखेर शुक्रराज ट्रपिक सरुवा राेग अस्पतालमा उपचार भैरहेकाे डा देवकाेटाले बताउनुभयाे । १९ वर्षीय युवतीका परिवारलाई पनि निगरानीमा राखेर नमुना परीक्षण गराउने तयारी भैरहेकाे समेत देवकाेटाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : March 23, 2020 at 12:31 pm









