११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

आजदेखि चीन र भारतका सीमा नाका बन्द, ढुवानी भने नियमित रहने

१० चैत, काठमाडाैँ । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथामका लागि आजदेखि भारत र चीनका सीमा नाका बन्द हुँदैछ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाकाबाट हुने यात्रु आवागमन एक हप्ताका लागि रोक्ने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार सीमा वारपारको ढुवानी भने नियमित हुनेछ । खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भने ‘यो अहिले तत्कालका लागि लिइएको निर्णय हो । लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षिय वार्ताबाट निर्णयमा पुग्नेछौ ।’ उनले एक देशको सङ्क्रमण अर्को देशमा नसरोस भनेर छिमेकी देशकोसमेत हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताए ।

प्रकाशित मिति : March 23, 2020 at 8:41 am