वीरगन्जका व्यवसायी शिवकुमारको र्यापिड टेस्टमै कोरोना नेगेटिभ देखिएको खुलासा (रिपोर्टसहित)
९ चैत, काठमाडाैँ । कोभिड-१९ कोरोना भाइरस संक्रमण भएको भन्दै विभिन्न सञ्चारमाध्यमले भाइरल बनाएको समाचार झुटो रहेको ठहर भएको छ । भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा कोरोनाको संक्रमण नदेखिएको अस्पतालले पुष्टि गरेको छ भने उनको र्यापिड टेस्टमै नेगेटिभ रिपोर्ट अाएको पाइएको छ ।
भारत बिहारको पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको उल्लेख छ । यसअघि पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले पनि उनीमा कोरोना पुष्टि नभएको बताएका थिए ।
चैधरीले भनेका छन ‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ ।’ उनले अघि भनेका छन, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्युट अफ मेडिकल साइन्स, पुनेमा पठाएका छौं ।’ उनको विस्तृत रिपोर्ट आउन दुई-तीन दिन लाग्ने चाैधरीले बताएका छन ।

प्रकाशित मिति : March 22, 2020 at 10:22 pm









