कोरोनासँग लड्न ५० करोडको कोष, प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने
९ चैत, काठमाडाैँ । सरकारले कोभिड १९ कोरोनासँग लड्नका लागि ५० करोडको कोष स्थापना गरेको छ । कोरोनाको उपचारका लागि अावश्यक क्युपमेन्ट खरिद लगायतको काम गर्न सरकारले ५० करोडको कोष स्थापना गरेको हो । कोषमा प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने निर्णय समेत भएको छ ।

यस्तै सरकारले सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचारको विशेष अस्पताल बनाउने निर्णय गरेको छ । अाइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचारको विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।
यस्तै सरकारले कोभिड १९ को जोखिम कम गर्न सरकारले भारत र चीनसँगको नाका एक साता पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : March 22, 2020 at 9:30 pm







