११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

पटनाको अस्पतालले भन्योः वीरगञ्जबाट रिफर भएका बिरामीमा कोरोना पुष्टि भएको छैन

९ चैत, काठमाडाैँ । भारतको पटना मेडिकल कलेज, बिहारले उपचारका लागि भर्ना भएका एक जना नेपालीमा कोरोना अर्थात कोभिड १९ पुष्ट नभएको जनाएको छ । कोभिड १९को संक्रमण भएको आशंकामा भर्ना भएका ती नेपालीमा कोरोना पुष्टि नभएको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिएको अनलानइखबरले जानकारी दिएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै चैधरीले भनेका छन ‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ ।’ उनले अघि भनेका छन, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्युट अफ मेडिकल साइन्स, पुनेमा पठाएका छौं ।’ उनको विस्तृत रिपोर्ट आउन दुई-तीन दिन लाग्ने चाैधरीले बताएका छन ।

प्रकाशित मिति : March 22, 2020 at 8:28 pm