आज राति १२ बजेदेखिदेखि कञ्चनपुर ‘लक डाउन’, घरबाहिर निस्कन प्रतिबन्ध
९ चैत, धनगढी । कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको हाे ।

प्रशासन कार्यालयले सूचनाको बेवास्ता गरि घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने सूचना जारी गरेको छ । प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।
आइतबार भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका भने मंगलबार मात्र बन्द गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : March 22, 2020 at 7:13 pm









