१० असार २०८३, बुधबार | Thu Jun 25 2026

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

९ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले आइतबार शितलनीवास पुगेर कोरोनाभाइरस नियन्त्रणकोका लागि सरकारले गरिरहेको काम, पछिल्लो अवस्था लगायत विषयमा राष्ट्रपति भण्डारीसँग छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

फाइल फाेटाे

प्रधामन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । मिर्गौला प्रत्यारोपणपछि निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले अस्पतालबाट फर्किएपछि पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : March 22, 2020 at 3:59 pm