१० असार २०८३, बुधबार | Thu Jun 25 2026

बहराइनमा रहेका तीन जना नेपालीमा कोरोनाकाे सङक्रमण, तीन जना क्वारेन्टाइनमा

९ चैत, काठमाडाैँ । बहराइनमा रहेका तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोरोनाको शंका गरिएका ६ जना श्रमिककाे परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

सुन्दासका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न र कुनै समस्या भएमा नेपाली दूतावासमा सम्पर्क गर्न राजदूत सुन्दासले आग्रह गर्नुभयाे ।

बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भएकाे छ ।

प्रकाशित मिति : March 22, 2020 at 3:45 pm