नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा आवतजावत बन्द
९ चैत, काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । काेरोना भाइरस (कोभिड– १९) ले विश्वव्यापी महामारी सिर्जना गरिरहेका बेला बाँकेस्थित नेपाल–भारत जमुनाहा नाकामा एक हप्ताका लागि आजतवाजत बन्द भएको हाे ।

भारतमा समेत कोरोना संक्रमितहरूको संख्या बढिरहेका बेला ७ दिनका लागि रुपैडिया–जमुनाहा नाका भएर हुने आवतजावत बन्द गर्न दुवै देशका अधिकारीहरू सहमत भएका हुन् । भारतको उत्तरप्रदेशस्थित बराइच जिल्ला र नेपालको बाँके जिल्लाका सरकारी अधिकारीहरूको आज रुपैडिया (सीमा नाकाको भारतीय बजार)मा बसेको बैठकले एक साताका लागि आवतजावत रोक्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले लोकान्तरलाई जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी समेत रहेका उपाध्यायका अनुसार मालबाहक सवारी साधनलाई भने आवतजावत गर्न दिइनेछ ।
प्रकाशित मिति : March 22, 2020 at 11:59 am









