१० असार २०८३, बुधबार | Thu Jun 25 2026

अनिवार्य स्वास्थ्य परीक्षण नगरी नुवाकोट प्रवेश गर्न नपाइने (फोटोफिचर)

९ चैत, नुवाकोट । कोभिड-१९ को रोकथाामका लागि सतर्कता अपनाउन सरकारले दिएको निर्देशन बमोजिमम सरोकारवाला निकायहरूले पछिल्लो पटक नुवाकोट प्रवेशको मुख्य नाका बनेको गल्छी–त्रिशुली सडकखण्डको कोल्फुटारमा हेल्थ डेस्क स्थापना भएको छ । शनिबार स्थापना भएको हेल्थ डेस्कमा ज्वरो नजाँचे (स्वास्थ्य परीक्षण गरेरमात्र) त्यहाँबाट अघि बढ्न ननपाइने गरी व्यवस्था गरिएको छ ।

सार्वजनिक र निजी सवारीमा यात्रा गर्ने जोसुकैले पनि डेस्कमा ज्वोरो जाँच गर्नुपर्छ । बेलकोटगढी नगरपालिका वडा नं.०५, कोल्फुटारमा जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला प्रहरी कार्यालय नुवाकोट, जिल्ला समन्वय समिती नुवाकोट, त्रिशुली अस्पताल नुवाकोट, स्वास्थ्य कार्यालय नुवाकोट तथा सम्पुर्ण स्थानिय तहहरुको संयुक्त संयोजनमा डेस्क स्थापना गरिएको नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार हेल्थ डेस्कमा चौबिसै घण्टा स्वास्थ्यकर्मीहरु र प्रहरी कर्मचारीहरुको संयुक्त टोली उपस्थित रहने व्यबस्था मिलाईएको छ । डेस्क स्थापना कार्यक्रममा सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य नारायण प्रसाद खतिवडा, जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल, तारकेश्वर गाउँपालिकाका अध्यक्ष  रमेश वस्ती, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी अबि नारायण काफ्ले, स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य निरीक्षक जनार्जन शिलवाल लगायत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : March 22, 2020 at 9:08 am