भ्रमको पछि नलागाैँः हेलिकप्टरबाट किटनाशक औषधि छर्कने सूचना गलत हो
८ चैत, काठमाडाैँ । प्रहरीले सामाजिक सञ्जालमा हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भ्रमपूर्ण सूचना बाँड्ने व्यक्तिको खोजी सुरू गरेको छ । कोभिड-१९ (कोरोना भाइरस)को बारेमा गलत सूचना बाँडेको भन्दै प्रहरीले उक्त सूचना फैलाउनेलाइलाइ कारबाहीका लागि खोजी सुरू गरेको हो ।

यता शनिवार बिहानदेखि भाइरल बनेको उक्त सूचना झुटो रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाली सेनाले कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने सूचना गलत भएको जानकारी दिए । उनले त्यो अफबाहमात्र भएको बताएका छन ।

यस्तै प्रहरीले शनिबार नै कोरोना भाइरसको संक्रमणले नर्भिक अस्पतालमा केही मान्छेको मृत्यु भएको भन्दै झुटो प्रचार गर्ने नेविसंघका नेता विवेक थापा मगरलाइ पनि भक्तपुरबाट पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो ।
उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् । उनले झोर्ले न्युज भन्ने अनलाइन मार्फत उक्त अडियो अफवाह सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनी पशुपति बहुमुखी क्याम्पसमा अध्ययनर रहेको र नेपाल विद्यार्थी संघमा आवद्ध रहेको उनको फेसबुकबाट देखिन्छ ।
उनले आफूलाइ झोर्ले न्युजको सिइओको रूपमा समेत चिनाएका छन । थापा मगरले बनाएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरू गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको र अनर्गल प्रचारबारे कारबाहीको प्रक्रिया सुरू गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।
-कोरोनाबाट नर्भिकमा मान्छे मरेको भन्दै झुटो प्रचार गर्ने नेविसंघका नेता विवेक थापा पक्राउ
प्रकाशित मिति : March 21, 2020 at 5:49 pm









