१० असार २०८३, बुधबार | Thu Jun 25 2026

काेराेनाकाे त्रासः ट्राफिक प्रहरीद्धारा मापसे जाँच स्थगित

७ चैत, काठमाडौं । कोरोना भाइरसको त्रासले  ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मापसे जाँच रोकिएको  बताएका छन् । यद्यपि, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने ढकालले जनाए ।


‘पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौं । तर, लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउँछौं । र, आफन्तको जिम्मा लगाउँछौं’, उनले भने । ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

प्रकाशित मिति : March 20, 2020 at 1:28 pm