१० असार २०८३, बुधबार | Thu Jun 25 2026

कोरोना त्रासः राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

७ चैत, काठमाडौँ । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएकाे छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे ।

फाइल तस्बिर ।

कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत १३ गतेलाई सारिएको छ ।

यसअघि राज्यव्यव्स्था समिति बैठकमा २५ जनाभन्दा बढी भएपछि बिहीहबार स्थगित भएको थियो ।

प्रकाशित मिति : March 20, 2020 at 11:02 am