१० असार २०८३, बुधबार | Wed Jun 24 2026

विदेशमा रहेका नेपालिलाई सरकारकाेआग्रह जहाँ हुनुहुन्छ, त्यही बस्नुस्

६ चैत, काठमाडौं । सरकारले प्रतिबन्ध लगाएका देशमा भएका  नागरिक नेपालमा आउन नपाउने प्रष्ट पारेको छ । कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार  युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । यो प्रतिबन्ध शुक्रवार मध्यरातबाट लागू हुनेछ ।


प्रतिबन्ध लागेका देशमा रहेका कतिपय नेपालीको भिसा अवधि सकिने अवस्था छ भने कतिपयले नेपाल नआई नहुने काम रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण विडारीले प्रतिबन्ध लागेका देशबाट वा ती देशलाई ट्रान्जिट बनाएर कोही पनि आउन नपाउने प्रष्ट पारेका छन् ।उनले भने, ‘जहाँ हुनुहुन्छ, त्यही बस्नुस्   बाटो खुलेपछि आउनुस् ।

प्रकाशित मिति : March 19, 2020 at 5:37 pm