१० असार २०८३, बुधबार | Wed Jun 24 2026

तुलसीपुर बसपार्कमा पार्किङ बसमा आगजनी

६ चैत , तुलसीपुर । दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ । तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नंको बसमा आगलागी भएको प्रहरीले बताएको छ । बुधबार राति सवा ११ बजेतिर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पालले बताउनुभयो । आगलागीबाट गाडीको ‘बडी’ जलेर नष्ट भएको छ । गाडीमा भएको आगजनीलाई प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : March 19, 2020 at 3:24 pm