बलात्कारको आरोपित तनहुँका सेतनिधि पन्थलाई एघार वर्ष कैद
६ चैत, तनहुँ । जिल्ला अदालतले बलात्कारको आरोपित व्यास नगरपालिका–२ भोर्लेटार चोक निवासी ४२ वर्षीय राजन भनिने सेतनिधि पन्थलाई ११ वर्षको कैद फैसला गरेको छ । युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका पन्थलाई अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले आज उक्त फैसला गरेको हो । अदालतले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले बताउनुभयो । उहाँका अनुसार पन्थ गत असार २० गतेदेखि नै पुर्पक्षका लागि थुनामा थिए ।

पन्थले गत जेठ २५ गते ऋषिङ गाउँपालिका–१ कोइदिममा छोरीलाई बलात्कार गरेको पीडितका अभिभावकले थाहा पाएपछि जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित पन्थलाई जेठ २६ गते नै दमौलीस्थित घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।
प्रकाशित मिति : March 19, 2020 at 1:29 pm









