२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेकपाका नेता खनालले कोरोनाको कारण भेटेर शुभकामना नलिने, सबै सार्वजनिक कार्यक्रम स्थगित

६ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले ७१ औँ जन्मदिनको कार्यक्रममा भेटेर प्रत्यक्ष रूपमा शुभकामना नलिने भएका छन । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले सामाजिक सञ्चाल फेसबुक मार्फत सूचित गर्दै जन्मदिनको कार्यक्रम स्थगित गरेकाले प्रत्यक्ष भेटको कष्ट नगर्न शुभचिन्तकलाई अनुरोध गरेका छन ।

उनले सबै सार्वजनिक कार्यक्रम पनि रद्द भएको जानकारी दिएका छन । खनालले सरकारको निर्णय र निर्देशन बमोजिम जन्मदिनका सबै कार्यक्रम स्थगित गरेको भन्दै सूचनाका माध्यमहरु टेलिफोन, एस.एम एस, इमेल र फेसबुक पेजमार्फत शुभकामना दिन अनुरोध गरेका छन ।

विशेष जानकारी
नोबल कोरोना भाइरसको संक्रमण लाई ध्यान दिई सबै सार्वजनिक कार्यक्रमहरु तत्काललाई रद्द गर्ने पार्टी र सरकारको निर्णय र निर्देशन बमोजिम भोलि चैत्र ६ गते पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता श्रद्धेय कमरेड झलनाथ खनाल ज्यूको ७१ औं जन्म दिवसको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी गराईन्छ। साथै शुभकामना आदनप्रदानका सम्पूर्ण कार्यक्रम सूचनाका माध्यमहरु टेलिफोन, एस.एम एस, इमेल र फेसबुक पेजमार्फत गर्नुहुन अनुरोध गरिन्छ ।
कृष्ण भट्टराई
स्वकीय सचिव
पूर्वप्रधानमन्त्री झलनाथ खनालको सचिवालय

प्रकाशित मिति : March 19, 2020 at 8:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/