फिल्म हल, जिम हल तथा नाइट क्लब अप्रिल २० सम्म बन्द गर्ने सरकारकाे निर्णय
५ चैत, काठमाडाैँ । सरकारले फिल्म हल, जिम हल, नाइट क्लब, रंगशाला, सांस्कृतिक केन्द्र, हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरेकाे छ।
कोरोनाभाइरसकाे संक्रमणकाे जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्च स्तरीय समन्वय समितिले उक्त निर्णय गरेको हो। यस्तै बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ। अब पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने भएको छ।

त्यस्तै कसैलाई कोरोना संक्रमण देखिएमा उक्त विरामीलाई कुन अस्पतालमा उपचार गर्ने भन्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ।स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार अब कसैलाई कोरोना देखिएमा मन्त्रालयले नै कुन अस्पतालमा उपचार गर्ने भनेर निर्णय गर्नेछ।
प्रकाशित मिति : March 18, 2020 at 4:48 pm









