१० असार २०८३, बुधबार | Wed Jun 24 2026

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणले तीव्रता पायो (फोटोफिचर)

५ चैत, काठमाडाैँ । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणले तीव्रता पाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माण वैशाखमा सक्ने प्राधिकरणको लक्ष्य छ । सोही अनुसार कामले तीव्रता पाएको छ । सोमबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी लगायतले रानीपोखरी पुनर्निमार्णको अवलकोन गरेका थिए ।

अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ । राजा प्रताप मल्लले निर्माण गरेकाे रानीपाेखरी भूकम्पले भत्किएपछि पुनर्निर्माणको राष्ट्रपति विद्यादेवी भण्डारीले शिलन्यास गरेकी थिइन । रानीपाेखरी
पर्यटकीय गन्तव्यका रूपमा पुनर्निर्माण भइरहेकाे छ ।

प्रकाशित मिति : March 18, 2020 at 8:15 am