२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

४४.३३ अङ्कले घट्याे नेप्से, एक अर्ब ४६ करोडकाे काराेबार

४ चैत्र, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि भारी अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३३ अङ्कले घटेर एक हजार २७२.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर २७४.५९ मा पुगेको छ । घटेको बजारमा कारोबार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कुल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता शेयर रु एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ मूल्यमा खरिदबिक्री भयो ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये सामूहिक लगानी कोषको मूल्य बढेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढ्दा बैंकिङ ३३.१६, व्यापार ४९.४८, होटल ५३.६९, विकास बैंक ५३.६८, जलविद्युत् १२.८८, वित्त २१.९८, निर्जीवन बीमा ३३८.३४, उत्पादन ११५.०८, अन्य १४.७९, लघुवित्त ९३.६६ र जीवन बीमा ४२६.४८ अङ्कले घटेका छन् ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १० करोड सात लाख एक हजार ९६२, एनएमबी बैंकको रु नौ करोड २४ लाख ७३ हजार ३६९, नेपाल लाइफ इन्स्योरेन्सको रु सात करोड ४३ लाख ६१ हजार ४६, हिमालयन डिष्टिलरीको रु चार करोड ६७ लाख दुई हजार २२७, नेपाल बैंक लिमिटेडको रु चार करोड २८ लाख ५९ हजार ५०४ र प्रभु बैंकको रु तीन करोड ८५ लाख ६६ हजार ५७३ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रह्यो ।

आज सबैभन्दा बढी जोशी हाइड्रोपावर ७.६९, घलेम्दी हाइड्रो ३.२८, विशाल बजार कम्पनी १.९९, एनएमबी हाइब्रिड फण्ड–१ १.८४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका शेयरधनीले १.३२ प्रतिशतले कमाए । यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयरधनीले १०, नेपाल सेवा लघुवित्त ९.९८, स्वाभिमान लघुवित्त ९.९३, नेपाल इन्स्योरेन्स कम्पनी ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८५, गुराँस लघुवित्त ९.६० र गरिमा विकास लघुवित्तका लगानीकर्ताले ८.७९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : March 17, 2020 at 5:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/