सरकारले कालोबजारी रोक्न सहुलियत पसल सञ्चालन गर्ने
४ चैत, काठमाडौं । सरकारले कालोबजारी रोक्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारले कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक बस्तुमा भएको कालोबजारी रोक्न सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुको प्रश्नको जवाफ दिदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन गरिने जानकारी दिएका हुन् ।
मन्त्री भट्टका अनुसार केही दिनमै सञ्चालनमा आउने पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुनेछ । त्यस्ता सामग्रीहरु बिक्री गर्न घुम्ती पसल पनि सञ्चालनमा ल्याइने भनाइ छ । मन्त्री भट्टले कोरोना संक्रमण रोक्ने उच्चस्तरीय समितिको योजनाअनुसार नै देशभर यस्ता पसलहरु सञ्चालन गरिने जानकारी दिए ।
प्रकाशित मिति : March 17, 2020 at 4:58 pm









