नेकपा बेलकाेटगढीकाे सपथ स्थगित
४ चैत, नुवाकाेट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलकाेटगढी नगर कमिटीकाे सपथग्रहण स्थगित भएकाे छ । यही चैत ५ गते बुधबार तय भएकाे सपथग्रहण अर्काे सूचना नहुँदासम्मका लागि स्थगित भएकाे छ ।

यसअघि फागुन २३ गते जिल्लाका सबै पालिकाका कमिटीका सदस्यहरुलाई एकै ठाउँमा सपथ गराउने तयारी भए पनि पार्टीको प्रदेश कमिटीकाे निर्देशन र सरकारले काेराेनाकाे कारण देखाउँदै ठूला सभा र भेला नगर्न अनुराेध गरेकाे भन्दै स्थगित गरिएकाे थियाे ।
बुधबार बेलकाेटगढीले जिल्ला कमिटीको समन्वयमा सपथकाे तयारी गरेकाे थियाे । तर तयारी नपुगेकाे भन्दै अन्तिम समयमा सपथ स्थगित भएकाे हाे । सपथ स्थगित भएपनि अर्काे मिति भने ताेकिएकाे छैन ।
प्रकाशित मिति : March 17, 2020 at 9:55 am







