१० असार २०८३, बुधबार | Wed Jun 24 2026

टिपरले किच्दा दुई जनाको मृत्यु भएपछि मध्यरातमा पनाैति तनावग्रस्त, १५ राउण्ड हवाइ फायर

३ चैत, काठमाडाैँ । टिपरले किच्दा पनाैतीमा दुई जनाको मृत्यु भएको छ । टिपरले किचेर मान्छेको मृत्यु भएपछि मध्यरातमा पनाैती तनावग्रस्त बनेको छ । टिपरले मान्छे किचेको बिरोधमा सडकमा उत्रिएका प्रदर्शनकारी नियन्त्रणमा लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको स्थानीय समेत रहेका नेपाल टेलिभिजनका कार्यरत पत्रकार रामसुन्दर अाचार्यले जानकारी दिएका छन ।

प्रहरीका अनुसार बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करले काभ्रेको खानिखोला गाउँपालिका १ का अन्दाजी २७ बर्षिय जुनीमाया गोले र उनको बच्चालाई पनौती बसपार्कमा किचेको थियो । उनीहरूको शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पत्रकार अाचार्यका अनुसार प्रदर्शनकारीले प्रहरी विट नै भत्काइदिएका छन । सिसिटिभी समेत तोडफोड भएको छ । प्रदर्शनकारीसँगको झडपमा प्रहरी हवल्दार पनि घाइते भएका छन । उनलाइ गोली न  ४ जना आन्दोलनकारि घाइते ।

प्रकाशित मिति : March 16, 2020 at 10:41 pm