१० असार २०८३, बुधबार | Wed Jun 24 2026

कोरोना संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने सरकारको निर्णय

३ चैत, काठमाडौं । सरकारले कोरोनाविरूद्ध लड्न स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको प्रस्तावमा उच्चस्तरीय समन्वय समितिको बैठकले डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो । बैठकले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता र अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : March 16, 2020 at 9:03 pm