१० असार २०८३, बुधबार | Wed Jun 24 2026

आफ्नै बाबु र साैतेनी आमाकाे हत्या गर्ने छोरा पक्राउ

३ चेत, कञ्चनपुर । आफ्नै बाबु र सौतेनी आमाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ परेका छन् । दुई हप्ताअघि कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका- ११ मा ५२ वर्षीय जयलाल भण्डारी र उनकी २२ वर्षीया श्रीमती धनादेवी भण्डारीको हत्याकाे आरोपमा मृतकका जेठा छोरा पक्राउ परेका हुन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गर्दै डडेल्धुराको अमगढी नगरपालिका २ जुगेडा बस्ने भरतबहादुर भण्डारीले अंशको विवादका कारण बाबु र सौतेनी आमाकाे हत्या गरेको जनाएको छ । फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा जयलाल र धनादेवीकाे आफ्नै घरमा मृत भेटिएका थिए ।

फागुन १३ गते दिउँसो मोटरसाइकलको प्रयोगात्मक परीक्षा दिन भरत डडेलधुराबाट महेन्द्रनगर आएका थिए । उनले १४ गते परीक्षा दिएर घर फर्किन भनि अत्तरिया पुगेको र त्यहाँबाट फर्किएर कलुवापुरकाे घरमा आइ बाबु र सौतेनी आमाकाे हत्या गरेकाे बयान दिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

जेठी श्रीमतीको तीन वर्षअघि क्यान्सरबाट निधन भएपछि जयलाल भण्डारीले २२ वर्षीया धनासँग विवाह गरेका थिए ।

प्रकाशित मिति : March 16, 2020 at 8:39 pm