फेरि घट्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य
३ चैत, काठमाडौँ । सरकारले पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मुल्य घटाएको छ । आयल निगमकाे सञ्चालक समिति बैठकले राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।

निगम सञ्चालक समितिको बैठकले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्यमा भने समायोजन गरिएको छैन् ।
निगमको निर्णयसँगै उपभोक्ताले डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर रूपैयाँमा खरिद गर्न पाउनेछन ।
प्रकाशित मिति : March 16, 2020 at 8:24 pm









