१० असार २०८३, बुधबार | Wed Jun 24 2026

कोरोनाको त्रासले हल्लिएको मुटुमा भूकम्पको धक्का, कास्की केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प

२ चैत, काठमाडौँ । कोरोनाको त्रासले डराइरहेका नेपालीलाइ आइतबार साँझ भूकम्पको धक्काले झस्काएको छ । कोरोना भाइरसबाट बच्च उच्चस्तरीय सकर्तता अपनाइरहेका नेपालीले आइतबार राति भूकम्पको धक्का महशुष गरेका हुन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको हो । आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का कास्की आसापासका जिल्लामा महशुष गरिएको थियो । भूक्म्पका कारण केहीबेर नागरिकमा त्रास पैदा भएको थियो ।

प्रकाशित मिति : March 15, 2020 at 9:36 pm