प्रहरीको अनुमतिबिना शाैचालय प्रवेश गरेको भन्दै प्रचण्डलाई थप्पड हाने पदम कुँवर पक्राउ
२ चैत, काठमाडाैँ । प्रहरीको अनुमतिबिना शाैचालय प्रवेश गरेको भन्दै तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई थप्पड हाने पदम कुँवर पक्राउ परेका छन । नयाँ बानेश्वरमा रहेको संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै पदमलाई प्रहरीले पक्राउ गरेको हो ।

कुँवर महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । कुँवरले नेपाल संवत ११३३ को अवसरमा अायोजित चियापानमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डमाथि थप्पड प्रहार गरेका थिए । वानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले शौचालय छिरेका पदमलाई शनिबार राति हिसासतमा राखिएको पुष्टि गरेका छन ।
प्रकाशित मिति : March 15, 2020 at 2:44 pm









