१० असार २०८३, बुधबार | Wed Jun 24 2026

कांग्रेस सांसद बहादुरसिंह लामाले ठेक्का पाएको सडकमा कराेडाैँ भ्रष्टाचार, कामै नगरी भुक्तानी

१ चैत, काठमाडाैँ । काठमाण्डौ उपत्यकाको फोहोमैला ब्यवस्थीत गर्नका लागि नुवाकोट र धादिङ्ग जिल्लाको सिमाना पर्ने ओखरपौवामा डम्पीङ्ग साईट स्थापना भए पनि पटक पटकको स्थानीय माग र दुर्घटनाका कारणले फोहोर बोकेका ट्रिपरहरु रोकिदा त्यसको प्रत्यक्ष असर काठमाण्डौ वासीले भोगिरहेका छन् । यसै समस्यालाई समाधान गर्ने विकल्पको रुपमा करीब ५ बर्ष पहिले नेपाल सरकार, भौतिक योजना तथा निमार्ण मन्त्रालय अन्र्तगत डिभिजन सडक कार्यालय काठमाण्डौले १५ महिनामा सम्पन्न गर्नुपर्ने समयअवधी राखि मुडखु आठ माईल घट्टेखोला बन्चरेडाँडा सडकको ठेक्का निकाल्यो ।

आठ किलोेमिटर सडक निमार्ण गर्ने कार्य हिमदुङ्ग एण्ड थोकर/हिरा एण्ड नमिता/नाना जे.भीले आठ करोड पाँच लाख उन्नाईस हजार चार सय एक्सट्ठी रुपैया छत्तिस पैसामा ठेक्का पार्यो तर हाल सम्म उक्त सडकमा उल्लेख्य निमार्ण कार्य कागजमा भन्दा अन्त भएन् । हिमदुङ्ग एण्ड थोकर निमार्ण कम्पनी नुवाकोटका नेपाली कांग्रेसका सांसद वहादुरसिंह लामाको हो ।

२०७२/३/२१ मा १५ महिनामा सम्पन्न गर्ने शर्तमा सम्झौता गरीएको काम बषौ देखी ठप्प छ । त्यहा न त निमार्ण ब्यवसाहीको कुनै उपस्थीति नै देखिन्छ बरु सडक डिभिजन कार्यालयको कर्मचारी समेत ब्यवसायीको मिलेमतोमा पटक पटक स्थानीय, वडा कार्यालय, नगरपालिका लगायत अन्यले गरेका निमार्ण कार्यको नाँपजाँच गर्न पुग्छन र उक्त ठेक्का भित्र गरीएको कार्य भन्दै निमार्ण ब्यवसायीलाई भुत्तानी गर्छन् । यो भ्रष्ट्राचार र अनियमितता रोक्नुको सट्टा बास्तविकता वाहिरीने डरले सडक डिभिजन कार्यालयले समेत सोही ठेक्कालाई ओभरल्याप हुने गरी अर्को ठेक्का गरी सोही भित्र अर्को कार्य गराउदै छ ।

अब्यवस्थीत रुपमा माटो काटिएको र जथावाभी माटो फाल्दा स्थानियको जग्गा जमिन र घरहरु समेत जोखिममा परेको छ । केहि ठाउमा मेशिनरी वाल र ग्यावियन जाली लगाईए पनि गुणस्तरहीन कार्य गरेको कारण सो भत्कीसकेको र निमार्णधिन बाटो प्रयोग बिहिन छ । निमार्ण ब्यवसायीले हालसम्म रु. ५,९६,०७,१५६÷३७ भुत्तानी लिईसकेको र ३०,८५,६७२÷०५ को कार्य गरेको भनी अघिल्लो बर्ष नै बिल पेश गरे पनि वडा कार्यालय र स्थानिय समेतको दबाबमा डिभिजन सडक कार्यालयले भुक्तानी दिएको छैन् । नाम उल्लेख नगर्ने शर्तमा स्थानिय बासी भन्छन “यस बाटोमा १ करोडको पनि कार्य भएको छैन तर कार्यालय समेतको मिलेमतोमा ६ करोड भुक्तानी भैसकेको भन्ने सुनिन्छ” ।

प्रकाशित मिति : March 14, 2020 at 9:58 pm