१० असार २०८३, बुधबार | Wed Jun 24 2026

कोरोनाकाे सङ्क्रमणविरुद्ध उच्च सतर्कता अपनाउन राष्ट्रपति भण्डारीकाे आग्रह

१ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमणबाट जाेगिनका लागि उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

फाइल फाेटाे ।

शनिबार राष्ट्रपति भण्डारीले ट्वीट गर्दै कोरोनाको सङ्क्रमणबाट बच्नका लागि आवश्यक उपाय अपनाउन सबैलाई आग्रह गर्नुभएको हाे । उहाँले काेराेनाविरुद्धकाे विश्वव्यापी अभियानमा एकजुट हुन पनि सम्पूर्णलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : March 14, 2020 at 6:04 pm