१० असार २०८३, बुधबार | Wed Jun 24 2026

भक्तपुरकाे चाँगुनारायणमा टिपरको ठक्करबाट १८ महिने बालकको मृत्यु

१ चैत, भक्तपुर । चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको मिनीटिपरको ठक्करबाट मृत्यु भएको छ ।


मृत्यु हुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मध्यपुर अस्पताल ठिमी पु¥याउने क्रममा बालकको मृत्यु भएको जनाइएको छ । प्रहरीले सवारी साधन र सवारी चालक भक्तपुर नगरपालिका–९ च्यामासिं बस्ने ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

प्रकाशित मिति : March 14, 2020 at 2:42 pm