पूर्वी चितवनको बीरेन्द्रनगरमा स्कुटर दुर्घटना हुँदा बाराको राजिव ठाकुरको मृत्यु
-प्रदिप घिमिरे
१ चैत, चितवन । पुर्व पश्चिम लोकमार्ग अन्र्तगत पुर्बि चितवनको बिरेन्द्रनगर चोकमा बसको ठक्कर बाट स्कुटरमा सबार एक युवाको मृत्यु भएको छ भने चालक घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्रदेश नँबर १ ०१००१ ख ३४६४ नम्बरको बस ले बिपरीत दिशा बाट आउदै गरेको प्रदेश नम्बर ३ ०३०१४ प १४४६ नम्बरको स्कुटर लाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसको ठक्कर बाट गम्भिर घाईते भएका स्कुटर पछाडी सवार बारा जिल्ला परवानीपुर २ मुसहरी गाउ निवासी १९ बर्षिय राजिव ठाकुरको उपचारका क्रममा करीव १० बजे पुरानो मेडीकल कलेज भरतपुरमा मृत्यु भएको हो । मृतक ठाकुर पुष्पाञ्जली हस्पिटल भरतपुरका ल्याव टेक्निीसीयन रहेको बुझीएको छ । स्कुटर चालकको सोहि मेडिकल कलेजमा उपचार भईरहेको जनाईएको छ । स्कुटरलाई ठक्क्रदिने बसका चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : March 14, 2020 at 7:58 am









