प्रदेश २ को नाम र राजधानीका लागि चैत ४ गते मतदान हुने
३० फागनु, जनकपुर । यसैगरी प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि चैत ४ गते मतदान हुने भएको छ । तीन महिनापछि आज बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधाननी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते ८ बजे बिहान मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ ।

बैठकमा अध्ययन विशेष समितिले मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रस्तुत गर्नुभएको थियो । समितिको संयोजक सभामुख सरोजकुमार यादव रहे पनि उहाँकै निर्देशनमा सचेतक साहले सो प्रतिवेदन पेश गर्नुभएको थियो ।
समितिमा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जसहित तीन प्रस्ताव र नामकरणका लागि चार प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि प्रमुख सचेक सम्मिलित बैठकले सभाका सचिव निर्वाचन अधिकृत रहने गरी निर्वाचनको कार्यविधि र आचारसंहिता तयार पारेर सभामुख यादवलाई बुझाइसकेको छ ।
प्रकाशित मिति : March 13, 2020 at 10:26 pm









