१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मालपोत कार्यालय धादिङका नासु र लेखापढी व्यवसायी घुससहित रंगेहात पक्राउ

३० फागुन, काठमाडाैँ । मालपोत कार्यालय धादिङबाट २ जना ५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोत कार्यालय धादिङका नायव सुब्बा सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठ रहेका छन् ।

उनिहरूले धादिङकाे जिवनपुरमा ४ रोपनी जग्गाको रजिष्ट्रेसन पास गर्ने क्रममा सर्वसाधारणसँग घुस लिँदैगर्दा पक्राउ गरिएकाे अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेकाे अख्तियारले जनाएकाे छ ।

प्रकाशित मिति : March 13, 2020 at 9:44 pm