अस्पतालको बेडबाट प्रधानमन्त्री ओलीको ट्वीटः कोरानाविरुद्ध लड्न एक होऔं
३० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्क बलियो बनाउनुपर्छ भन्ने आशयको विचारको स्वागत गरेका छन । अस्पतालको बेडबाटै प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट बच्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य राष्ट्रहरूले बलियो रणनीति तय गर्नुपर्ने आशयको स्वागत गरेका हुन ।

मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै उपचार गराइरहेका प्रधानमन्त्री ओलीले भनेका छन ।‘प्रधानमन्त्री मोदीद्वारा व्यक्त उन्नत विचारको म स्वागत गर्दछु, मेरो सरकार आफ्ना नागरिकलाई यस घातक बिमारीबाट बचाउनका लागि सार्क सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ ।’
त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले कोरोनासँग लड्नका लागि सार्क सदस्य राष्ट्रहरू एकजुट हुनुपर्ने बताएका थिए । भारतकै कारण पछिल्लो समय सार्क पेण्डुलम बनेको छ ।
प्रकाशित मिति : March 13, 2020 at 4:51 pm









