अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई बलात्कार मुद्दामा ८ वर्ष कैद
३० फागुन, काठमाडाैँ । अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई काठमाडाैँ जिल्ला अदालतले बलात्कार मुद्दामा ८ वर्ष कैदको सजाय तोकेको छ । अदालतले राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो । राईले गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेका थिए ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई दोषी ठहर गरेको हो । जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार राईबाट १ लाख ५० हजार क्षतिपुर्ति भराउन समेत अादेश भएको छ ।
प्रकाशित मिति : March 13, 2020 at 1:13 pm









