३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

धादिङका बिरामीले नेपाल नेशनल अस्पतालमा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने

३० फागुन, काठमाडाैँ । नेपाल नेशनल अस्पताल कलङ्कीले धादिङका बिरामीलाई उपचारमा १५ देखि २० प्रतिशत छुट दिने भएको छ। अस्पतालले बुधबार धादिङका सांसद खेमप्रसाद लोहनीको उपस्थितिमा ज्यामरुङ जनकल्याण समाज धादिङसँग सम्झौता गरेको हो।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेल र समाजका अध्यक्ष कृष्णमान श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। हस्ताक्षरसँगै चैत १ देखि धादिङका बिरामीले उपचार सेवामा छुट पाउने भएका छन्। उपचार छुटका लागि बिरामीले धादिङ जिल्ला स्थायी ठेगाना भएको कुनै पनि परिचयपत्र देखाउनु पर्नेछ।

छोटो समयमा नै नेपाल नेशनल अस्पताल कलंकीले आधुनिक प्रविधिको प्रयोग गर्दै दक्ष,अनुभवी चिकित्सक तथा नर्सहरुद्वारा न्यून शुल्कमा प्रभावकारी उपचार सेवा दिँदै आएको छ।

प्रकाशित मिति : March 13, 2020 at 12:57 pm